पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युनिट रगत संकलन भएको छ ।
उपशाखाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति उर्मिला खड्काले गोगन माविका शिक्षिका यामकुमारी तिलिजालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले रक्तदान जीवनदान भएको बताए । उनले रेडक्रसको महत्वबारे प्रकाश पारेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाका अध्यक्ष विन्दुराज तिवारीले उपशाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिंदै आएको बताए ।
शाखाका निवर्तमान अध्यक्ष किसान परियारले उपशाखाले आफ्नो स्थापना यता सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले शाखाको ६ कोठ भवन निर्माण कार्य जारी रहेको जानकारी दिए ।
शाखाका अध्यक्ष विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपशाखा उपसभापति बिमला थापा बस्नेतले गरेका थिए भने रेडक्रसका सात सिद्धान्तको वाचन देवी तिवारीले गरेका थिए ।
कार्यक्रममा समाजसेवी एवम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार प्रधान, समाजसेवी खेमराज अधिकारी, गरिमा विकाश बैकका शाखा प्रमुख सन्तोष अधिकारी, उपशाखाका निवर्तमान कोषाध्यक्ष शरणकुमार प्रधान, शुभबिहानी आमा समूहका अध्यक्ष हिमकला खत्री लगायतले बोलेका थिए ।
प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवम् शुभबिहानी आमा समुहको खाजा ब्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाले आर्थिक, नैतिक एवम् भौतिक सहयोग उपलब्ध गराएको उपशाखाले जनाएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’