पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ ।
छात्रा बास्केटबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम त्रिवेणी पब्लिक द्धितीय, तथा कास्की मोडनाइज्ड र साइनिङ स्टार तेस्रा भएका छन् ।
त्यसैगरी दश जोड दुई तर्फ न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी दोस्रा तथा गोर्खा इंगलिस वोर्डिङ स्कुल र त्रिवेणी पब्लिक तेस्रा भएका छन् ।
छात्रा सेभेन ए साईड फुटबल प्रतियोगितामा हेम्जा बोर्डिङ स्कुल विजयी भएको छ । सोमबार भएको फाइनल खेलमा कास्की मोडनाईज्ड एकेडेमीलाई ७–१ ले पराजित गर्दै हेम्जा वोर्डिङ स्कुलले छात्र फुटबल प्रतियोगिताको विजयी भएको हो ।
यता क्रिकेट तर्फ कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको छ । सोमबार भएको फाइनल खेलमा त्रिवेणी पब्लिकलाई १० विकेटले पराजित गर्दै कास्की मोडनाइज्ड विजयी भएको हो । उक्त प्रतियोगितामा क्रिकेट संघ पोखरा माहनगर पालिकाका अध्यक्ष विरेन्द्र पुन र एन प्याव्सन केन्द्रीय सदस्य शिवदत्त तिवारीले विजयी टिमलाई बधाई दिएका थिए ।
यसैगरी सोमबार नै भएको छात्र फुटबल प्रतियोगिता तर्फ हेम्जा बोर्डिङ स्कुलले न्यू ग्यालेक्सीलाई ६–० ले पराजित गर्यो भने त्रिवेणी पब्लिक मावि र नेशल क्रियशन एकेडेमी २–१ ले पराजित हुने कास्की मोडनाइज्ड एकेडेमीले हेम्जा बोर्डिङलाई १–० ले पराजित गर्यो ।
यता एलपि देवकोटा मेमोरियलले टाइबेकरमा रिलायन्स पब्लिक इंगलिस स्कुल ४–३ ले पराजित गर्दा लिटिल फ्लावर एजुकेशनल एकेडेमीले न्यू लेखनाथ पब्लिक एकेडेमी ५–१ पराजित गर्यो ।
यता गण्डकी एकेडेमी कास्कीले लिटिल फ्लावर १–० ले पराजित गर्दा एल पि देवकोटाले टाइबेकरमा पुष्पासदन ४–२ ले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए ।
यसैगरी सोमबार देखि शुरु भएको छात्रा ह्याण्डबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि, युनिभर्स इंगलिस वोर्डिङ स्कुल, अक्सफोर्ड स्कुल, न्यू लेखनाथ पब्लिक एकेडेमी, न्यू ग्यालेक्सी, त्रिवेणी पब्लिक, कान्तिपुर एकेडेमी, डायमण्ड मोडल स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्ते छात्र ह्याण्डबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज, अञ्जुली वोर्डिङ स्कुल, सिद्धिविनायक वोर्डिङ स्कुल, कान्तिपुर एकेडेमी लेभन रेसिडेन्टियल स्कुल, न्यू ग्यालेक्सी, लिटल फ्लावर एजुकेशनल एकेडेमी र सिद्धार्थ लवडेल वोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका ह्याण्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले जानकारी दिए ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ कि.मि सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु