पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको कार्यसमिति सदस्य पदमा पुनम थापा मगर निर्विरोध चयन भएकी छन् ।
गण्डकन्यूज डटकमकी डेस्क कोओर्डिनेटर पुनम कार्यसमिति सदस्य आदिवासी जनजाति क्लस्टरमा निर्विरोध चुनिएकी हुन् ।
उक्त पदमा पुनम विरुद्ध अरु कसैले उम्मेदवारी नदिएपछि पुनम निर्विरोध चुनिएकी हुन् । यस्तै, सदस्य (अन्य समावेशी) तर्फ सूर्य परियार पनि निर्विरोध चुनिएका छन् ।
दुवै जना प्रेस चौतारी र प्रेस यूनियन तर्फका उम्मेदवार हुन् । यद्यपी, निर्वाचन समितिले आधिकारिक घोषणा विहीबार गर्नेछ ।
झण्डै १५ वर्षदेखि सञ्चारक्षेत्रमा क्रियाशील पुनमसँग गण्डकन्यूज, बिग एफएम, पोखरा टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि अन्य सबै पदहरुमा दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ । प्रेस चौतारी कास्की र प्रेस युनियन कास्कीबाट साझा उम्मेदवारका रुपमा माधव बरालको नेतृत्व र प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारीको नेतृत्वमा प्यानल नै चुनावमा होमिएको छ ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष अग्रज पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि निम्न उम्मेद्वार मैदानमा छन् ।

सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन