पोखरा । पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।
पहिलो क्वाटरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित गर्यो ।
तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७–५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ६७–५१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो ।
प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, आजदेखि महिलातर्फको समेत खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
महिलातर्फको पहिलो खेल ललितपुर र ग्राण्डबीच हुनेछ । यस्तै दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ ।
गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान