पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औं एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ ।
कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट शुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हाता पारेको हो । चाँदी जडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो ।
त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्धितीय भयो भने सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२ अंकका साथ तृतीय भयो ।
त्यस्तै एथलेटिक्स तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, हेम्जा वोर्डिङ स्कुल दोस्रा तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रा भए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको बताए।
यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारको स्रोत र साधान प्रयोग गरि खेलकुदका संरचाना निर्माणमा तिव्रता दिएको बताउँदै पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने उल्लेख गरे।
उहाँले विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि खेलकुदलाई अतिरिक्तमा मात्र नभई पढाईसँग अभिन्न अंगमा रुपमा लैजान सुझाव दिए।
नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए।
यसअघि कास्की मोडनाइज्ड एकेडेमी र गण्डकी एकेडेमी कास्कीबीच भएको फाइनल खेलमा ३–० ले कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको थियो ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गरेका थिए ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा, सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जानएका थिए ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गरेका थिए । जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको थियो ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड रहेको थियो । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको थियो ।
त्यस्तै सडक दौड, क्रिकेट हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल र छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको थियो । २०५५ सालमा स्थापना भएको एनप्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला