पोखरा । पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गरे ।
चापाकोट पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको आचार्यले बताए । फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको आचार्यले बताए ।
महिला भलिबलले पछिल्ला दिनमा राम्रो प्रदर्शन गरिहेको बताउदै आचार्यले महिला भलिबल प्रतियोगिता राखेर आयोजकले खेलकुदको प्रवद्र्धनमा समेत कम गरेकोमा धन्यवाद व्यक्त गरे ।
समितिका अध्यक्ष भीम पराजुलीले महिला भलिबलको प्रवद्र्धन गर्ने उदेश्यले महिला प्रतियोगिता आयोजना गरिएको बताए । उनले वडानम्बर १३ को बामदीमा प्याराफिट सहितको मैदान बनाउने उदेश्य रहेको बताए । सास्कृतिक कार्यक्रमको रुपमा विगत पाँच वर्ष देखि आयोजना हुदैँ आए पनि अहिलेबाट महिला भलिवल प्रतियोगिता पनि समावेस गरिएको पराजुलीको भनाई छ ।
समितिका सचिव धनश्याम पराजुलीले महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम तीन दिनसम्म संचालन हुने जानकारी दिए ।
शुक्रबार दुइ खेल सम्पन्न
महिला भलिबलमा निर्माया दोहोरी र एलिट भलिबलको विजयी सुरुवात

चापाकोट पर्यटन प्रवद्र्धन समिति पोखरा–२३ को आयोजनामा बामदीमा सुरु भएको महिला भलिबल अन्र्तगत शुक्रबार दुइवटा खेल सम्पन्न भएका छन् । उद्याटन खेलमा निर्माया दोहोरी साँझ, पोखराले विजयी सुरुवात गरेको छ । निर्मायाले राइट फर चिल्डे«न, पोखरालाई ३–० को सेटमा पराजीत गदैँ अघिको यात्रा सुरक्षित गर्यो ।
यस्तै दोस्रो खेलमा एलिट भलिबल एकेडेमी, नदिपुर पोखराले टिम पोखरालाई ३–० को सोझोसेटमा पराजीत गर्यो ।
तेस्रो खेल गुरुकुल विद्या सदन, नदिपपुर पोखरा र हरिनास गाउँपालिका, स्याङ्जा वडानम्बर ५ बिचको खेल समय अभावका कारण स्थगित भएको छ । दुवै टिमले १/१ सेट जितेको अवस्थामा समय अभाव भएकाले स्थगित गरिएको प्रतियोगिताका प्राविधिक संयोजक पूर्णबहादुर ९जापान० गुरुङले जानकारी दिए ।
नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल महिला भलिबल टिमका सिनीयर खेलाडी वा आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका बढिमा २ जना खेलाडी टिममा सहभागि गराउन पाइने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफि र मेडल प्राप्त गर्ने छ । भने द्धितिय हुने टिमले नगर ५० हजार ट्रफि र मेडल प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलमा पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउने अध्यक्ष पराजुलीले जानकारी दिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला