पोखरा । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रमेश पौडेलको प्यानल नै निर्वाचित भएको छ ।
पौडेल अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई २२३ मतान्तरले पराजित गर्दै आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवार पौडेलले ४०१ मत प्राप्त गरेका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतबाट उम्मेदवार सुवेदीले १७८ मत प्राप्त गरे । गण्डकीमा प्रेस युनियन र प्रेस चौतारीकै साझा गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् ।
उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित भए । अध्यक्ष पौडेल, महासचिव शर्मा र सचिव गुरूङ कास्कीका पत्रकार हुन् ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए । खुला सदस्यमा निर्वाचित नेपालले पपुलर (४५९) मत प्राप्त गरे ।
सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य (दलित)मा विजय नेपाली, सदस्य (आदिवासी जनजाती) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए ।
गण्डकी प्रदेशअन्तर्गत (गोरखा बाहेक) शुक्रबार मतदानको अन्तिम मतपरिणाम शनिबार दिउँसो निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बराल, अर्का सदस्य बिबि विष्ट र मनोज घर्तीमगरले निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई माला र टीका लगाएर बधाई ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफूले प्राविधिक रुपमा जिते पनि यो सबै जनाको जित भएको र सँगै मिलेर पत्रकारको हकहितको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले जित हार स्वाभाविक भएको जनाउँदै नयाँ कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए । पत्रकार महासंघ कास्कीको नयाँ अध्यक्षमा प्रेस चौतारी र युनियनकै साझा उम्मेदवार माधव बराल निर्वाचित भइसकेका छन् ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर