काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार बेलुका पोस्टर सार्वजनिक गर्दै महाशिवरात्रीको अवसरमा फिल्म फागुन १४ गते रिलिज हुने घोषणा गरेका छन् ।
पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई उनीहरुको पात्र लुक्समा देख्न सकिन्छ । विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् ।
‘रेशम फिलिली’ मा विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । यसपटक सिनेमामा मेनुका दोहोरिएकी छैनन् ।
निरोज महर्जन निर्देशित फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
रौनक विक्रम कडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।
अहिलेसम्म शिवरात्रीमा ‘फेरि रेशम फिलिली’सहित अन्य २ फिल्मले पनि प्रदर्शन मिति घोषणा गरेका छन्, जसमा ‘लाज शरणम’ र ‘मायावी’ पनि छन् ।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो