अमेरिकामा ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको निधन भएको छ। उपचारका क्रममा रहेका विवेक बुधबार अमेरिकामा अस्ताएका हुन्।
चौथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुवेदीले निकै संघर्ष गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंसा हुँदै आएको थियो।
विवेक भौतिकशास्त्रमा पीएचडी गर्न छात्रवृत्तिमा २०७९ मा अमेरिका गएका थिए। पार्किन्सन्सले थला परेकी आमाको मृत्यु भएपछि उनी नेपाल फर्किएका थिए।
आमाको काजकिरिया सकेपछि अमेरिका फर्किने तयारीमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्य परीक्षण गर्दा विवेकलाई क्यान्सरको चौथो स्टेजमा पुगेको रिपोर्ट आएको थियो।
पत्नी सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटर र टिकटकबाटै सार्वजनिक गरिरहन्थिन्। त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरेका थिए। गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको थियो।
विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो। श्रीमानलाई बचाउन सम्पूर्ण बलबुता खर्चिरहेकी उनले आज हारेकी छन्।
सिर्जनाले एकछिन पनि श्रीमानको साथ छाडिनन् । सामाजिक सञ्जालबाटै सहायता आह्वान गरेर श्रीमानको उपचार गराइरहेकी थिइन् । जति कठिन परिस्थितिसँग जुध्न परे पनि, मनमा जति पीडा भए पनि उनको अनुहारमा मुस्कान हुन्थ्यो । श्रीमानलाई पनि मुस्काउन प्रेरणा दिइरहेकी हुन्थिन् । प्रेम र समर्पणकी एक बिम्ब बनिरहिन् सिर्जना ।
परिवारका अनुसार विवेकका पिता मीनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेका छन्। चार महिनाअगाडि मात्रै विवेकका भाइ विपिनको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु