पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित टीकाराम बास्तोला स्मृति सम्मान विभिन्न शिक्षासेवी तथा समाजसेवीलाई अर्पण गरिने भएको छ ।
संस्थाको हालै सम्पन्न बैठकले यो वर्ष एक संस्थासहित छ जनालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
यो वर्ष सम्मानित हुने स्रष्टामा शिक्षासेवी जोर्ज जोन, चतुरमान श्रेष्ठ, स्वास्थ्यसेवी प्रा.डा. देशराजबहादुर कुँवर, समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठी, धर्मराज बाँस्तोला र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल रहेका छन् ।
शिक्षा तथा समाजसेवी टीकाराम बास्तोलाको परिवारद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष माघ ८ गतेका दिन प्रतिष्ठानले सम्मान कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ ।
बाँस्तोलाका सुपुत्रद्वय डा. दिनेश बाँस्तोला र ई. रमेश बाँस्तोलाको पहलमा बाँस्तोला परिवारद्वारा स्थापित अक्षयकोषबाट यस अगाडि विभिन्न स्रष्टा, साथक तथा संस्था नगदसहित सम्मानित भइसकेको प्रतिष्ठानका सचिव परशुराम अधिकारीले जानकारी दिए ।
पुरस्कार कोषका संस्थापक डा दिनेश बाँस्तोलाले अभिभावकले पु¥याएको योगदानको स्मरणका साथै जननी र जन्मभूमिको ऋण तिर्न नसके पनि आत्मसन्तोषका लागि शिक्षा तथा समाजसेवीलाई प्रोत्साहन गर्दै आएको बताए ।
संस्थाले सम्मानपत्र, दोसल्ला र ११ हजार नगद राशिसहित सम्मान गर्दै आएकोमा कोषबाट आर्जित ब्याज र परिवारको सहकार्यमा हरेक वर्ष पुरस्कारको राशि वृद्धि गर्दै आएको प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन