काठमाडौं । वैकल्पिक शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले दल नै विकल्पको भरमा चल्ने अवस्थामा पुगेको छ ।
स्थापनाको छोटो अवधिमा उदाएको रास्वपा छोटो अवधिभित्रै भताभुङ्गको स्थितिमा पुगेको छ । सञ्चारकर्मबाट उदाएका रवि लामिछानेले २०७९ असार ७ गते रास्वपा घोषणा गरेका थिए । सोही वर्ष मंसिरमा भएको निर्वाचनमा २० सिट जितेर राष्ट्रिय दलको मान्यता पाएको रास्वपा अनेकन विवाद र काण्डमा फसेर खिइँदै आएको छ ।
रास्वपा अहिले कार्यवाहकको भरमा चलिरहेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोल प्रसाद अर्यालले पाएका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि नै कास्की प्रहरीको हिरासतमा छन् ।
त्यस्तै, रास्वपाको महामन्त्री र प्रवक्तासमेत कार्यवाहको भरमा छ । संस्थापक महामन्त्री एवं प्रवक्ता डा.मुकल ढकाललाई पार्टीले कारबाही गरेको थियो । अहिले कार्यवाहक महामन्त्रीको भूमिकामा कविन्द्र बुर्लाकोटी छन्, उनी सह–महामन्त्री हुन् ।
सह–प्रवक्ता मनिष झाले कार्यवाहक प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् ।
लामिछाने २ महिनाभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेपनि उनले कसैलाई कार्यवाहक दिएका थिएनन् । सर्वत्र आलोचना सुरु भएसँगै उनले डिपी अर्याललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उत्साह र उर्जाका साथ उदाएको रास्वपा आन्तरिक कलह र विभिन्न काण्डका कारण छोटो अवधिमै विकल्पहरुको हातमा पुगेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने