लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली प्रर्दशन गरिने भएको छ ।
“महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सवै जातजाती र समुदायको भेषभुषा र संस्कृती झल्कने गरि झाँकी र्याली प्रर्दशन गरिने भएको हो ।
महोत्सव उद्घाटन समारोहका दिन स्थानिय आमा समुह, टोल विकास संस्था, सामाजिक संघ सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व हुने गरि मौलीक संस्कृती र जातीय भेष भुषाको पहिचान हुने गरि ब्यवस्थीत रुपमा झाँकी र्याली प्रर्दशन गर्न लागिएको हो ।
झाँकी र्याली प्रर्दशनी ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग बाणिज्य संघ भएपनि यसमा सवैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घर आगनको पर्वको रुपमा लिएर सहभागी हुनका लागि अनुरोेध गरेका छन् ।
साँस्कृतीक कार्यक्रम संयोजक मेजर रामप्रसाद गुरुङले कार्यक्रम प्रस्तुतिका निती, नियम र परिधीमा रहेर पुरस्कृत गरिने जानकारी गराए । संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), उप महासचिव भरतराज ओझाले यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि महोत्सव गर्न लागिएको र विगतमा भएका कमि कमजोरीहरु हटाएर परिस्कृत रुपमा महोत्सव हुने विश्वास व्यक्त गरे ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव तीन सय ३५वटा स्टलहरु रहनेछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’