नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वअध्यक्ष भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन्।
चितवनमा प्रेस चौतारीले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताएका हुन्।
‘पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ?,’ उनले भने, ‘त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो भन्ने बुझ्छु।’
महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए।
‘नागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन। उहाँ सचेत नागरिक हो। पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन्। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ?,’ उनले भने।
पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए।
त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए।
‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं। महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं,’ उनले भने।
तर रावलले सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताए।
‘त्यसकारण उहाँ आफै निस्किनुभएको हो भन्ने बुझ्छु। बाँकी कुरा प्रक्रियाको मात्रै हो,’ उनले भने।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’