बझाङमा दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ ।
गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।
आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्नेबित्तिकै उनी बेहोस भइन् ।
बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराउँदा स्लाइन पानी चढाएपछि केही बेर होसमा आएपनि फेरि बेहास भएको र अस्पताल पुर्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो ।
आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएपछि सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन् । रोहिणी स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् । आमाछोरी नै गाउँमा प्रिए थिए ।
१५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमती मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँदा भावविह्वल बनेका छन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु