गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो बिहानीको कोसेलीको रूपमा अवसरमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ ।
ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको यो म्युजिक भिडिओ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।
सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको हो ।
यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ । यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थितिहरू, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न यो गीतले प्रेरित गर्छ ।
गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरेका थिए । कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, “साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।”
‘हुनेछ: द सङ्ग अफ होप’मा शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाको रहेको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् ।
सेटमा क्यामेरा सञ्चालन नवीन थापा र दीपेश केसीले गरेका छन् भने मोन्टाज र बी-रोल्समा यज्ञ ज्ञानवाली र दीपेश केसीको सहयोग रहेको छ । सम्पादन मधु सन्जेलले गरेका छन् भने भीएफएक्स बम बहादुर थापाले गरेका छन् ।
गिटार, मिक्सिङ, र मास्टरिङ देव लामाले गरेका छन्, बासमा पङ्कज झा, किबोर्डमा उमेश थापा, र पर्कसनमा अविनाश गायकले योगदान दिएका छन् । गीतको एरेन्ज र गिटार वर्क हरि महर्जनले गरेका छन् । गीतको निर्माणमा रेडियो नेपाल, स्टुडियो प्रोजेक्ट प्रोडक्सन, र डिएलसी जस्ता प्रतिष्ठित स्टुडियोले सहकार्य गरेका छन् । कला निर्देशन सन्तोष देवकोटा र पोस्टर र प्रचारप्रसार रोयल भीमसेनले तयार पारेका छन् ।
कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा बहुचर्चित छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु