राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध कास्की अदालतमा दर्ता भएको मुद्दामा आज पनि थुनछेक बहस जारी रहनेछ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा बिहीबार लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दैछन्।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहित ७ जनासँगको बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्न दिने भनेर पुस १६ गतेदेखि कास्की अदालतमा थुनछेक बहस जारी छ।
मंगलबार र बुधबार सरकारी वकिलहरूले बहस गरेका थिए। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेका थिए।
उनीहरूले मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने बताएका थिए।
बुधबार नायब महान्यायाधीवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधीवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।
उनीहरूले पनि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए।
सरकारी वकिलको बहस सकिएपछि बिहीबार पहिले जाहेरीवाला सरकारी पीडितका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
प्रतिवादीका तर्फबाट सबैभन्दा पहिला पूर्वडिआइजी छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए।
सहकारी पीडितका कानुन व्यवसायी पराजुलीका अनुसार रवि लामिछानेका तर्फबाट १५ जना, पूर्वडिआइजी जोशीका तर्फबाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।
सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जनाविरूद्ध अदालत थुनछेक बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्व डिआइजी जोशी, नेचर हर्ब्स इन्टरनेसनलका संचालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङविरूद्ध अदालतमा थुनछेक बहस चलेको हो।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो