काठमाडौं । प्रकाश सपूतले आफ्नो ड्रिम प्रोजेक्ट ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । प्रकाश आफ्नै लेखन तथा निर्देशक रहेको सिनेमाको पोस्टर सार्वजनिक गरेका हुन् ।
पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन् । पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ । केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ । टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । यसले उनी कहीँ साहित्य लेखिरहेको अनुमान हुन्छ । ‘वसन्त’मा सपूतको लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ ।
उनका यसअघिका सिनेमा र गीतका कारण यो सिनेमाबाट धेरैले अपेक्षा राखेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले लामो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौतीका अनुभव लेखेका छन् ।
‘वसन्त’ निर्माणमा व्यस्त हुँदा धेरै कुरा नचाहेर पनि छोड्नु परेको बताएका छन् । गीत, स्टेज, चलचित्रको प्रचारमा समय दिन नसकेको बताएका छन् । यसका कारण आफ्नो आलोचना भएको बताएका छन् । तर पनि आफू ‘वसन्त’मा सफल भए यसबाट गुमेका सबै कुरा फिर्ता हुने उनको विश्वास छ ।
उनले ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन् । यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन् । यो चलचित्र निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको तथा आफूले मन्दिर ठानेको देश–विदेशका कार्यक्रम जान नपाएको बताएका छन् ।
‘मैले ‘वसन्त’ मा मभित्रका सबै रङ्गहरू पोखेको छु । ‘यदि ‘वसन्त’ तपाईँलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ,’ यसो भनौं, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति । मलाई विश्वास छ, ‘वसन्त’ले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ ।’
‘वसन्त’मा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता छन् ।
कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् । प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी–२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । उनले निर्देशनमा पनि हात हालेका छन् । उनको ‘वसन्त’ डेब्यु निर्देशन हो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’