पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते बिहीबार हुने भएको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आइतबार पोखरा रङ्गशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको छयालीसौँ बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने पत्रकार आवद्ध रहेका छन् । अधिवेशन सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ गते भित्र सदस्यता नवीकरण गर्नुपर्नेछ । सदस्यता नवीकरणको लागि संयोजन गर्ने जिम्मेवारी कोषाध्यक्ष कविता घर्तीमगरलाई दिइएको महासचिव पौडेलले बताए ।
मञ्च गण्डकीले पाँचौ साधारणसभा तथा विधान अधिवेशन मार्फत विधान संशोधन सहित जिल्ला शाखा तथा समन्वय शाखा गठन, सदस्यता प्रदान, शुद्धिकरण, नवीकरण लगायतका विषयमा मापदण्ड बनाइएको थियो । विधान संसोधन पश्चात मञ्च गण्डकीको कार्यसमितिको कार्यकाल तीन वर्षबाट दुई वर्षमा छोटिएको छ । सदस्यताको हकमा समेत केही मापदण्ड तय गरिएको छ । विधान संसोधन गर्दा कार्यसमितिमा समावेशी उपाध्यक्ष र १ जना सदस्य थप गरेर १३ सदस्यीय बनाइएकोले सोही अनुसार नयाँ नेतृत्व चयन गरिने महासचिव पौडेलले जनाए ।
मञ्चका अध्यक्ष बरालले अधिवेशनलाई भव्य बनाउन तयारी सुरु गरिएको बताए । अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेगरी तयारी भैरहेको उनले खुलाए ।
अध्यक्ष बरालले सबैको साथका कारण आफ्नो तीन वर्षे कार्यकाल सफल रहेको सुनाए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सामाग्रीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले मञ्चलाई दिनु र प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निभाउनुलाई महत्वपूर्ण उपलब्धि मानेका छन् । यसका अलावा खेल पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हेतुले अक्षयकोषको स्थापनाको सुरुवात बराल नेतृत्वको टिमले गरेको छ । विभिन्न कारणले अपेक्षाकृत रकम सङ्कलन हुने नसकेपनि अधिवेशनको दिनसम्ममा केही रकम थप्न पहल गर्ने प्रतिवद्धता उनको छ ।
मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि तालिम, नयाँ सदस्यता थप लगायत खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगको काम गरिरहेको अध्यक्ष बरालको भनाइ छ । सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा समेत मञ्च उतिकै सक्रिय रहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्च प्रतिको आकर्षण बढाएको छ । अध्यक्ष बरालले मञ्चमा आवद्ध सबै सदस्यलाई समयमै सदस्यता नवीकरण गरेर मञ्चको तेस्रो अधिवेशन सफल बनाउने कार्यमा सक्रिय सहभागीता जनाउन आग्रह गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाको रुपमा विकास गरिएको हो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’