पोखरा । कास्कीको मादी गाउँपालिकामा माघे संक्रान्तीको अवसरमा लाग्ने मेलाको तयारी तीब्र पारिएको छ ।
बराल डाँडा भगबती बजार माघे संक्रान्ती मेलाका लागि आवस्यक तयारी तीब्र गतिमा गरिएको आयोजक बराल डाँडा तमु समाज सेवा समितीका अध्यक्ष चुम प्रसाद गुरुङ्गले जानकारी दिए । मादी नदीका किनारमा अवस्थित भगवती मन्दिर परिसरमा यो मेला पौराणिक कालदेखि लाग्दै आएको छ ।
विशेष गरी उक्त दिन मादी नदिमा स्नान गरि भगवती मन्दिरको अराधना गर्ने, उपवास बस्ने गरिन्छ । उक्त क्षेत्र र कास्की, लमजुङ्ग तथा तनहुँका मानिसहरुले भगवती देवीलाई विशेष महत्वका साथ लिने गर्दछन् ।
मेलाको अवसरमा माघ १ गते देखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ । मेलामा राष्ट्रिय कलाकार लोक गायक चिज गुरुङ्ग, निर्जला गुरुङ्ग, जिवन दाहाल, मधु थापा मगर लागायतको उपस्थिति रहने आयोजक मध्ये बराल डाँडा युवा क्लवले जानकारी दिएको छ ।
प्रतियोगितामा भलिबल तर्फ प्रथम पुरस्कार रु एक लाख तथा द्वितीय पुरस्कार साठी हजार तथा छेला च्याम्पियन लाई रु २० हजार पुरस्कार राखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला