पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका मुख्य एक आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । प्रतिवादीहरूको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार दिउँसो सकिएको हो ।
बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।
कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालका अनुसार थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउँदैछ । अब न्यायाधीश राईको इजलासबाट साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ ।
राईको इजलासमा गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले आफूलाई थुनाबहिरै रहेर मुद्दा लड्ने अवसर दिन आग्रह गरे । “मलाई थुना बाहिरै रहेर मुद्दा लड्ने अवसर दिइयोस्,” लामिछानेले भने, “सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न पहल गर्छु । पीडितको पक्षमा निरन्तर काम गर्छु ।
आफ्ना कुरा राख्ने क्रममा अन्य प्रतिवादीहरूले पनि सूर्यदर्शन ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका थिए ।
पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुन् । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लिला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ छन् ।
लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह