गत ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत मिलेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो । पछि उनी धरौटीमा रिहा भए । अहिले उनले जमानतमा छुट पाएका छन् ।
अल्लु अर्जुन गत डिसेम्बर १३ मा पक्राउ परेका थिए । उनी त्यसको भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनले हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिएन ।
तर, अहिले हैदराबादको नामपल्ली अदालतबाट जमानतका सर्तहरू खुकुलो पारिएको छ। उनी अब विदेश यात्रा गर्न सक्षम हुनेछन् र उनले हरेक हप्ता हाजिरी पनि लगाउनु पर्ने छैन।
आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले आज स्वीकृत गरेको हो ।
चलचित्र ‘पुष्पाः द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । फिल्म रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो। अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सर्प्राइज दिन त्यहाँ पुगे। अल्लुलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड नै मच्चियो ।
भीड अनियन्त्रित भएपछि धेरैलाई सास फेर्न समस्या हुन थालेको थियो भने धेरै बेहोस समेत भएका थिए । यसैबिच रेवती नामकी एक महिलाको मृत्यु भयो भने उनका छोरा श्रेतेज गम्भीर घाइते भएका थिए ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो