गत ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत मिलेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो । पछि उनी धरौटीमा रिहा भए । अहिले उनले जमानतमा छुट पाएका छन् ।
अल्लु अर्जुन गत डिसेम्बर १३ मा पक्राउ परेका थिए । उनी त्यसको भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनले हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिएन ।
तर, अहिले हैदराबादको नामपल्ली अदालतबाट जमानतका सर्तहरू खुकुलो पारिएको छ। उनी अब विदेश यात्रा गर्न सक्षम हुनेछन् र उनले हरेक हप्ता हाजिरी पनि लगाउनु पर्ने छैन।
आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले आज स्वीकृत गरेको हो ।
चलचित्र ‘पुष्पाः द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । फिल्म रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो। अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सर्प्राइज दिन त्यहाँ पुगे। अल्लुलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड नै मच्चियो ।
भीड अनियन्त्रित भएपछि धेरैलाई सास फेर्न समस्या हुन थालेको थियो भने धेरै बेहोस समेत भएका थिए । यसैबिच रेवती नामकी एक महिलाको मृत्यु भयो भने उनका छोरा श्रेतेज गम्भीर घाइते भएका थिए ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन