जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ ।
स्पोर्ट मिटको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले नेपालमै पहिलो पटक स्वायत्त कार्यक्रम अन्तर्गत पर्यटन शिक्षा सञ्चालन गरेको दावी गर्दै खेलकुद र पढाइसँगसँगै लैजादा विद्यार्थीको सर्वाङ्गीण विकास हुने कुरामा जोड दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीका हरेक समस्यामा क्याम्पसले आवश्यक सहयोग गरी अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र खेलकुद पूर्वाधारमा थप लगानी गर्ने बताए ।
स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले विएमटिममा ‘लर्न विथ फन’ वातावरण रहेको जनाउँदै कक्षाकोठाभन्दा बाहिर फिल्ड भिजिट, ट्रेकिङ, साहसिक खेलकुदमा विएमटिएमले आफ्ना गतिविधि गरिरहेको जानकारी दिँदै स्पोर्ट मिटले विद्यार्थीबिच मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताइन ।
स्पोर्ट मिट समुद्घाटन कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष विकास थापामगर, दिननाथ लामिछाने, शिलु चालिसे, उपेन्द्र चौधरी, रमेश चालिसे, सुजन भट्टराई, उपप्रशासक एकनारायण अर्याल लगायतका वक्ताले शुभकामना दिएका थिए ।
३ दिनसम्म चल्ने स्पोर्ट मिटमा फुटसल, बाघचाल, बास्केटबल, भलिबल, व्याटमिन्टन, मार्बल स्पोन, फिफा, बुद्धिचाल, टग अफ वार, सटपुट, टेबुल टेनिस, एटबल पुल लगायतका खेल रहने छन् ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्