पोखरा । लामो समय गण्डकीको स्वास्थ्य मन्त्रालयमा रहेका सचिव डा. विनोदविन्दु शर्मालाई सरुवा गरिएको छ ।
गण्डकी सरकार मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गर्ने निर्णय गरेको थियो । शर्माको स्थानमा डा. विश्वबन्धु बगालेलाई ल्याइएको छ । उनको सोमबार पदस्थापन भएको छ ।
बगालेले यसअघि पनि गण्डकीकै स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए । २०७९ असोज ५ मा गण्डकीमा आएका बगाले करिब ३ महिना काम गरेर अध्ययन बिदामा बसेका थिए ।
केही महिना अध्ययन बिदामा बसेका बगालेलाई पुनः मन्त्रालयमै फर्काइएको हो । उनको दरबन्दी गण्डकी प्रदेशमै थियो । अहिले अध्ययन बिदा सकेर उनी फर्किएपछि उनी पहिलेकै मन्त्रालयमा पदस्थापन भएका छन् ।
डा. विनोदविन्दु पहिले पनि स्वास्थ्य सचिव नै थिए । तत्कालीन स्वास्थ्यमन्त्री मधुमाया अधिकारीसँग काम गर्दा लय पनि नमिलेपछि विनोदबिन्दुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको थियो । झण्डै १ वर्षसम्म जिम्मेवारीविहीन रहेका विनोदबिन्दुले विश्वबन्धु अध्ययन बिदामा बसेपछि स्वास्थ्यमै फर्कने मौका पाएका थिए ।
अहिलेका स्वास्थ्य मन्त्री कृष्ण पाठकसँग समेत बिनोदबिन्दुको लय नमिलेपछि उनलाई तालिम केन्द्रमा धकेलिएको बताइन्छ । मिठा कुरा गर्ने तर कार्यसम्पादनमा अग्रसर हुनै नखोज्ने स्वभावका शर्मालाई पन्छाइएको बताइन्छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन