पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार ६ खेल भएका छन् ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा रामघाट एफसी, न्युरोड एघार, पोखरा जब्स, सिभिक कन्स्ट्रक्सन, ए सेभेन ब्रोदर्स, ८२९ फ्याम्ली र स्लाइट एफसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।
रामघाटले लिभिक एफसी (बी)लाई १–० गोल अन्तरले पराजित गर्दा स्नीकम भल्टलाई न्युरोड एघारले १–३ गोल अन्तरले पराजित गर्यो । पोखरा जब्सले एम–१३ लाई ३–२ को कठिन जित निकाल्दा स्याङ्जा एफसीलाई पराजित गदैँ सिभिक कन्स्ट्रक्सनले ३–० को सहज जित निकाल्यो ।
ए–७ ब्रोदर्शलाई १–४ को फराकिलो गोलअन्तरले पराजित गदै गन्नी एफसी दोस्रो चरणमा प्रवेस गरेको छ । यस्तै इलाइट एफसीलाई १–३ को गोल अन्तरमा पराजित गदै एनके एफसी (ए)ले खेल जितेको छ ।
विमल एफसी खेलमा सहभागि नहुदाँ ८२९ फ्याम्ली स्वत दोस्रो चरणको लागि छनोट भएको छ ।
प्रतियोगिता अन्तरगत बुधबार दोस्रो चरणका खेल हुने आयोजक समितिका शम्सुुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु