रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वीटर, सर्ट र पाइन्ट वितरण गरेको छ ।
क्लबका अध्यक्ष उपेन्द्र अधिकारीले ती सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दिपकप्रसाद सुवेदीलाई हस्तान्तरण गरे । अध्यक्ष अधिकारीले आफ्नो व्यक्तिगत खर्चबाट विद्यार्थीहरुलाई जुत्ता समेत सहयोग गर्ने घोषणा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदीले सहयोगदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता सहयोगमा निरन्तरता दिन अनुरोध गरे । विद्यालयका पूर्व विद्यार्थी महेश्वर भण्डारीले विभिन्न सहयोगी दाताहरुको खोजी गर्ने क्रममा क्लवले सहयोगको अनुरोध स्वीकार गरेकोमा खुसी व्यक्त गरे ।
विद्यालयसँग समन्वय गर्दै हाल विद्यालयमा रहेका विद्यार्थीहरुको आवश्यकता अनुरुप नै सहयोग गरिएको कार्यक्रम संयोजक तथा क्लबका सचिव सुवास मल्लले बताए । क्लबले करिब ५० हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरेको क्लवका कोषाध्यक्ष आमोद कोइरालाले जानकारी गराए ।
सो कार्यका लागि क्लबले आफ्नो कोष र महेन्द्रपुलस्थित मथुरा साहुको पसलबाट सहयोग रकम जुटाएको क्लबका आगामी वर्षका अध्यक्ष ई. राजेन्द्र लिगलले जानकारी दिए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारीको सञ्चालन तथा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु तथा व्यवस्थापन समितिका सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?