रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वीटर, सर्ट र पाइन्ट वितरण गरेको छ ।
क्लबका अध्यक्ष उपेन्द्र अधिकारीले ती सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दिपकप्रसाद सुवेदीलाई हस्तान्तरण गरे । अध्यक्ष अधिकारीले आफ्नो व्यक्तिगत खर्चबाट विद्यार्थीहरुलाई जुत्ता समेत सहयोग गर्ने घोषणा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदीले सहयोगदाताहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता सहयोगमा निरन्तरता दिन अनुरोध गरे । विद्यालयका पूर्व विद्यार्थी महेश्वर भण्डारीले विभिन्न सहयोगी दाताहरुको खोजी गर्ने क्रममा क्लवले सहयोगको अनुरोध स्वीकार गरेकोमा खुसी व्यक्त गरे ।
विद्यालयसँग समन्वय गर्दै हाल विद्यालयमा रहेका विद्यार्थीहरुको आवश्यकता अनुरुप नै सहयोग गरिएको कार्यक्रम संयोजक तथा क्लबका सचिव सुवास मल्लले बताए । क्लबले करिब ५० हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरेको क्लवका कोषाध्यक्ष आमोद कोइरालाले जानकारी गराए ।
सो कार्यका लागि क्लबले आफ्नो कोष र महेन्द्रपुलस्थित मथुरा साहुको पसलबाट सहयोग रकम जुटाएको क्लबका आगामी वर्षका अध्यक्ष ई. राजेन्द्र लिगलले जानकारी दिए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारीको सञ्चालन तथा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु तथा व्यवस्थापन समितिका सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ