पोखरा। ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ ।
बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो ।
गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड आज भएको क्वाटरफाइनलखेलबाट विजयी बन्दै अन्तिम चारमा स्थान बनाएको क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।
उनका अनुसार जोरपाटी काठमाडौंले ताकामी काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्याे ।
जोरपाटीको जीतमा विकास राई र विकास श्रेष्ठले समान १÷१ गोल गरे । उक्त खेलबाट रञ्जित लामा म्यान अफ द म्याच घोषित भए ।
अर्काे खेलमा नागसोती हेटौंडालाई ब्रदरहुडले ३–० गोल अन्तरले पराजित गर्याे । ब्रदरहुडको जीतमा बुद्धराज लिम्बु, हर्कराज गुरुङ र अंकुर कुमार खड्गीले समान १÷१ गोलको योगदान दिए । सो खेलबाट भेषराज लिम्बु म्यान अफ द म्याच घोषित भए ।
सेमिफाइनल खेल भोलि (शनिबार) हुने भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल जोरपाटी र गार्डेन एफसीबीच हुनेछ भने, दोस्रो सेमिफाइनल खेल ब्रदरहुड काठमाडौं र झम्सीखेल ललितपुरबीच हुनेछ ।
यस्तै ५० वर्ष उमेर समूहतर्फ ४ वटा खेल र ६० वर्ष उमेर समूहतर्फ २ वटा खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर