पोखरा । होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी बसन्त गौतम सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै गौतमलाई सम्मान गरेको हो ।
गौतमलाई होटल संघका संस्थापक अध्यक्ष हरीध्वज तुलाचन, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।
गौतम सन् १९९४ देखी पोखराको पर्यटन व्यवसायमा छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका गौतमले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले अहिले लेकसाइडमा टेम्पल ट्रि रिसोर्टका सञ्चालक हुन् । यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरलाई सम्मान गरी सकेको छ ।
होटल संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पछिल्लो समयमा होटलहरुको संख्या बढ्दै गएको भएपनि पर्यटक बढाउन पनि सबैले ध्यान दिनु पर्ने बताए । कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन व्यवसायमा लागनी बढ्दै गएपनि स्वागत सत्कार घट्दै गएको बताए । उनले नेपाली परम्परालाई विदेशी पर्यटक सम्म पु¥याउनका लागि स्वागत सत्कारको परम्परालाई छाड्न नहुने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा पर्यटनमा ठुलो लगानी भएका कारण यसलाई चलायमान बनाउन अन्तराष्ट्रिय उडान पोखराबाट छिटो सञ्चालनको माग गरे । कार्यक्रममा सम्मानीत भएका बसन्त गौतमले पोखरामा होटल, रेष्टुरेण्ट थपिए पनि त्यसलाई आवश्यक जनशक्तिको अभाव रहेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार केसी, संयोजक तुलसी लामिछाने, संचालक माधब बराल लगातले सेवामा गुणस्तरीता दिने उद्देश्यका साथ क्लब अगाडी बढ्नु पर्ने बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’