पोखरा । होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी बसन्त गौतम सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै गौतमलाई सम्मान गरेको हो ।
गौतमलाई होटल संघका संस्थापक अध्यक्ष हरीध्वज तुलाचन, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।
गौतम सन् १९९४ देखी पोखराको पर्यटन व्यवसायमा छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका गौतमले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले अहिले लेकसाइडमा टेम्पल ट्रि रिसोर्टका सञ्चालक हुन् । यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरलाई सम्मान गरी सकेको छ ।
होटल संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पछिल्लो समयमा होटलहरुको संख्या बढ्दै गएको भएपनि पर्यटक बढाउन पनि सबैले ध्यान दिनु पर्ने बताए । कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन व्यवसायमा लागनी बढ्दै गएपनि स्वागत सत्कार घट्दै गएको बताए । उनले नेपाली परम्परालाई विदेशी पर्यटक सम्म पु¥याउनका लागि स्वागत सत्कारको परम्परालाई छाड्न नहुने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा पर्यटनमा ठुलो लगानी भएका कारण यसलाई चलायमान बनाउन अन्तराष्ट्रिय उडान पोखराबाट छिटो सञ्चालनको माग गरे । कार्यक्रममा सम्मानीत भएका बसन्त गौतमले पोखरामा होटल, रेष्टुरेण्ट थपिए पनि त्यसलाई आवश्यक जनशक्तिको अभाव रहेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार केसी, संयोजक तुलसी लामिछाने, संचालक माधब बराल लगातले सेवामा गुणस्तरीता दिने उद्देश्यका साथ क्लब अगाडी बढ्नु पर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो