पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार ७ खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा प्रिक्वाटरका ७ खेल भएका हुन् ।
सात खेलबाट ट्रेकर्स कफी, एन के (बी), लिभिक एफसी (बी), ए–७ ब्रोदर्श, एनएमवाइसी (बी), रामघाट (सेतो) र एनएमवाइसी (ए) ले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । यस पहिले बिहीबार भएको खेल जित्दै स्लामिक कल्याणकारी क्वाटरफाइनलमा पुगिसकेको छ ।
एल्सी ब्रोदर्शलाई शून्यका विरुद्ध १ गोल गदै टर््ेकर्सले जित निकालेको हो । एन के (बी)ले ब्रजला एफसीलाई १–० को अन्तरले पाछि पादै क्वाटर फाइनलको यात्रा तय गर्दा लिभिक एफसी (बी)ले रामाधाट (हरियो)लाई ४–१ को फराकिलो अन्तरले पाराजित गर्यो ।
एनबीएफसीलाई शून्यको विरुद्ध २ गोल गदै ए–७ ब्रोदर्शले अघिल्लो यात्रा पक्का गरेको छ । एनएमवाइसी (बी)ले ३–१ को सहज जित निकाल्दा बिटी क्लवलाई शून्यको विरुद्ध १ गोल गदै रामघाट (सेतो) अन्तिम ८ मा पर्न सफल भएको छ । पोखरा जब्सलाई १–२ को अन्तरले पछि पादै एनएमवाइसी (ए)ले खेल जितेको छ ।
शनिबार क्वाटरफाइनलका खेल हुने आयोजक समितिका शम्सुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो