गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षाैंदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरू भएको छ ।
किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट–३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती शुरू भएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।
‘झन्डै २ हजार २ सय मिटरको उचाइमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरूलाई समेटेर कागतेखर्क बहुउद्देश्यीय कृषक समूह गठन गरिएको छ’, उनले भने, ‘त्यही समूहमा आबद्ध किसानहरूलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ त्यहीअनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’
मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सय वटा ओखरका बेर्ना वितरण गरिएको कृषि शाखाका प्रमुख ढकालले बताए । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका बिरुवा खरिद गरेर ल्याई किसानहरूलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई ४ वटा ’प्लट’ बनाएर बेर्ना लगाउन थालिएको ढकालको भनाइ छ ।
वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरूले रोप्न शुरू गरिसकेका छन् । अहिले लगाइएको बिरुवाले झन्डै ४ वर्षपछि उत्पादन दिन सुरू गर्ने ढकालले बताए ।
‘कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखरखेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो’, उनले भने, ‘भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखरखेतीका लागि सुहाउँदो भएकाले यस वर्षदेखि ओखरखेती थालनी गरिएको हो ।’
ओखरका बिरुवा खरिदका लागि १० लाख र ढुवानीका लागि मात्रै १ लाख रुपैयाँभन्दा धेरै खर्च भएको ढकालले बताए ।
सम्बन्धित खबर
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’