काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० जना घाइते

काठमाडौँमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० जना घाइते

bus-accident

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन ।

चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४ः५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो । उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो ।

घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds