पोखरा । ‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने उदेश्यका साथ फागुन १६ गते देखि २२ गते सम्म वेगनासताल किनारमा तेस्रो संस्करणको वेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ।
युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि आयोजक वेगनास युवा क्लवले उक्त प्रतियोगिता गर्न लागेको प्रतियोगिता संयोजक बिज्ञान कोईरालाले जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५/५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता संचालन गर्न रु ९ लाख ७६ हजार १ सय १० खर्च लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष निनेन लालचनले जानकारी दिए। वेगनासताल वाध नजिकैको खेल मैदानमा हुने खेलमा करिव ४० टिम हुने अनुमान गरिएको अध्यक्ष लालचनले बताएका छन्।
त्यस्तै प्रतियोगिताको लागि फागुन १ गते देखि फागुन १४ गते सम्म टिम दर्ता खुला गरेको क्लबले जनाएको छ भने दर्ताको लागि रु ६ हजार ५ सय तोकिएको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा