आहा! रारा पोखरा गोल्डकपः उपाधिका लागि आज पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स खेल्दै

आहा! रारा पोखरा गोल्डकपः उपाधिका लागि आज पुलिस र उज्वेकिस्तानको ब्ल्याक बुल्स खेल्दै

police-black-bulls

पोखरा । आहा! रारा पोखरा गोल्डकपको २४ औं संस्करणको उपाधिका लागि आज नेपाल पुलिस क्लब र पहिलो पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् ।

खेल पोखरा रङ्गशालामा आज दिउँसो दुई बजे सुरू हुनेछ ।

पुलिसले सेमिफाइनलमा ‘ए’ डिभिजन विजेता चर्च ब्वाइजलाई १–० ले हराएर फाइनलमा पुगेको हो । त्यस्तै सीधै क्वाटरफाइनल खेलेको बुल्सले सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा पाँच पटकको विजेता थ्री स्टारलाई ४–० ले हराएको थियो ।

पुलिसले ११औं पटक फाइनल खेल्न लागेको हो भने ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।

यसअघि ६ पटक उपाधि जितेको पुलिसले यसपाली पनि फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

यो प्रतियोगितामा १२ टोली सहभागी थिए । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds