पोखरा । पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी सुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो ।
अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले ग्लोबल कलेजियट स्कुललाई फराकिलो अन्तरले हरायो । सुर्योदयले ग्लोबललाई ८–२ गोल अन्तरले हरायो । अर्को खेलमा अरनिको स्कुल तनहुले मदरल्याण्ड स्कुललाई ४–३ गोल अन्तरले हरायो । आइतबारको ६ औं खेलमा चिल्डेन लाइफ इङलिस स्कुल बाग्लुङले त्रिबेणी पब्लिक स्कुल लेखनाथलाई २–१ गोलले हरायो । अर्को खेलमा कास्की मोडनाइ एकेडेमीले फियुचर बोडिङ स्कुल बागलुङलाई ५–१ गोलको फराकीलो अन्तरले हरायो ।
कलेज तर्फको फुटसलमा सोच कलेज अफ आइटिले ज्ञान कलेजलाई ९–० गोलको फराकिलो अन्तरले हरायो । फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १४ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।
प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजीक तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी उत्पादनमा टेवापुग्ने बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु