पोखरा । संगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा शुक्रबारदेखि सुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान सुरू गर्न लागिएको हो ।
अभियानको सुरूआत जिल्लाका एमाले नेता–कार्यकर्तालाई अभिमुखीकरण गराएर हुने नेकपा (एमाले)कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पोखरा सभागृहमा शुक्रबार बिहान ठिक ११ः१५ बजे यो कार्यक्रम सुरू हुनेछ । कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेल पोखरा आउँदै छन् । त्यस्तै उक्त कार्यक्रममा उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरूङ, स्थायी कमिटी सदस्य खगराज अधिकारी वक्ता रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जनवर्गीय संगठनका पदाधिकारी र सदस्य, पार्टीका संगठित सदस्य सहभागी हुने नेकपा (एमाले)कास्की सचिव दर्शन लामाले जानकारी दिए । तीन महिनाको अवधिमा टोलमै पुगेर जनतासँग भेट्ने, सुझाव संकलन गर्ने, सदस्यता नवीकरण र वितरण गर्ने, वडा तहमा जनसंगठन विस्तार गर्नेलगायत गतिविधि गरिने उनले बताए । ‘सरकारले काम नै नगरेको भनेर भ्रम छर्ने काम भएको छ । हामी अरू कसैलाई नराम्रो भन्दैनौं, गाली गर्दैनौं । वर्तमान सरकारले गरेका कामको प्रचार गर्छौं,’ सचिव लामाले भने, ‘हाम्रो पार्टीका जनप्रतिनिधिले नेतृत्व गर्नुभएको वडाले गरेका काम पनि पार्टीले अपनत्व लिएर प्रचार गर्छ ।’
सबै कमिटीमा युवाको सहभागिता एक तिहाइ बनाउने, सम्बन्धित वडाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य अभियानको रहेको उनले सुनाए । अभियानको क्रममा जनताका सुझाव संकलन गर्दा प्राप्त हुने समस्याको वडागत समीक्षा गर्ने र जिल्लाले समाधानको रणनीति बनाउने सचिव लामाले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो