पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा वडाले भलिबल प्रतियोगिता गर्न लागेको हो ।
खेलको माध्यमबाट पोखरा महानगरका वडा–वडाबाट खेलाडी उत्पादन गर्ने र वडालाई भलिबलको हव बनाउने उदेश्य रहेको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए । खेल गतिबिधि बढाउन सकियोस् भन्ने उदेश्यले वडामा खेलकुद विकास समिति गठन गरिएको उनले जानकारी दिए ।
यही फागुन २२ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगिता मनोहर युवा क्लवको खेल मैदान मनकामना टोलमा हुनेछ । सबै वडालाई पत्र पठाइएको र सहभागिताको लागि आग्रह गरिएको अध्यक्ष कार्कीले बताए । यही फागुन २० गतेसम्म टिम दर्ता गर्न सकिने छ ।
खेलकुद विकास समिति पोखरा १४ का अध्यक्ष शिवशंकर जिसीले प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने जानकारी दिए ।
त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।
टिम दर्ताका लागि ७ हजार पाँच सय शुल्क लाग्ने मनोहर युवा क्लवका अध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक रामजी जिसीले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुने टिमले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना समावेस गर्न सक्नेछन् भने अन्य खेलाडी सबै वडाको स्थाइ वासिन्दा वा मतदाता हुनुपर्ने छ ।
प्रतियोगिता पोखरा महानगरपालिका अन्तरगतका ३३ वटा वडाबाट टिम दर्ता गर्न सकिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला