हेमजा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधबार देखि जारी तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ ।
बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रेलाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला भलिबलको फाइनल खेलमा बागलुङ र हिमशिखरले उपाधिका लागि भिडेन भएका छन् ।
यता पुरुष तर्फ मादी गाउँपालिका र निस्सिखोला बिच हुने भनिएको खेलमा मादी गाउँपालिका उपस्थित हुन नसके पछि निस्सि खोलालाई आगामी यात्राको लागि आयोजकले विजय घोषण गर्यो ।
स्याङ्जा हरिनास र माछापुच्छ्रे गाउँपालिका बिच भएको खेलमा पहिलो र अन्तिम दुई सेटले पछि पर्दै हरिनासले सुखद यात्रा तय गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री रामजी बरालले खेलको महत्त्व माथि प्रकाश पार्दै जित हार भन्दा पनि खेलमैदानमा प्रवेश गर्नु नै खेलाडीको विजय सुरुवात भएको बताए । विभिन्न जिल्ला बाट सहभागी खेलाडीहरूलाई पर्यटकीय क्षेत्र घम्पुसको सम्झना सवैमाझ प्रवाह गरिदिनु हुन अनुरोध गरे ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म प्रतियोगिता चल्नेछ । पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०/५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।त्यसै गरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरुस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला