लेखनाथ । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक बेगनास युवा क्लव पहेंलो ले विनोद मेमोरियल एकेडेमी लाई ३–२ को गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । खेलको ५ मिनेटमै पहिलो गोल गर्दै बेगनासका सुवास मगरले खेललाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा बिनोद मेमोरियलका कुशल नेपालीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।
दोश्रो हाफपछिको पहिलो मिनेटमै पुन बेगनासकै सन्दिप परियारले अर्को गोल थपे भने लगत्तै बिनोद मेमोरियलका कुशल नेपालीले दोश्रो गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएका थिए । खेलको दोश्रो हाफपछिको १३ औं मिनेटमा बेगनासका सन्दिप परियारले गरेको दोश्रो गोल नै जितका लागी निर्णायक बनेको थियो ।
यस्तै शुक्रबार नै सम्पन्न दोश्रो खेलमा मत्स्य व्यवसायी समिति पिप्लेको टिमले ए स्टार कयाफे बि लाई पराजित गरेको छ । खेलको निर्धारित समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि भएको ट्राईबे्रकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै मत्स्य व्यवसायी समिति पिप्लेले जित हासिल गरेको हो ।
प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नंं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास युवा क्लवले आयोजना गरेको प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै यसको लागी आवश्यक सहयोग गर्न वडा कार्यालय तत्पर रहेको बताएका थिए । उनले फुटबल सँगै भलिवल, ब्याडमिन्टन लगायतका अन्य खेल गतिविधिहरु पनि सञ्चालन गर्न क्लवलाई आग्रह गरेका थिए । उक्त अवसरमा वडाध्यक्ष कँडेलले प्रतियोगिताको प्रथम पुरस्कारको लागी रु १ लाख ५५ हजार ५ सय ५५ र व्याडमिन्टन कोर्ट निर्माणको लागी १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले सरसफाई अभियानबाट राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा बनाएको ख्यातिलाई खेलकुदको माध्यमबाट अझै उँचो बनाउन क्लवलाई आग्रह गरेका थिए । उनले प्रतियोगिताको दोश्रो पुरस्कार ५५ हजार ५ सय ५५ वडाको तर्फबाट प्रदान गर्ने घोषणा गरेका थिए ।
उक्त अवसरमा क्लवका पुर्वअध्यक्ष केदार लामिछानेले कलवलाई खेल गतिविधिको लागी जग्गा आवश्यक रहेको र सिचाईले अधिग्रहण गरेको जग्गा क्लवलाई नै आवश्यक रहेको वताउँदै जुनसुकै हालतमा अव क्लवलाई चाहिनेमा जोड दिंदै यसतर्फ सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।
क्लवका सल्लाहकार राममणि अधिकारीले खेलकुदले अनुशासन सिकाउने भएकाले अन्य खेलगतिविधिहरु सञ्चालन गर्दै युवाहरुलाई अनुशासित बनाउन र सहि बाटोमा डोर्याउन यस किसिमका प्रतियोगिताहरुले उल्लेख्य भुमिका निर्वाह गर्ने बताएका थिए ।
क्लवका अध्यक्ष निनेन लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आशिष अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचिन रानाभाटले गरेका थिए ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिव २० टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिएका छन् । प्रतियोगिता संचालन गर्न रु ९ लाख ५० हजार खर्च लाग्नेछ भने करिव १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट वचत हुने रकमबाट खेल मैदान मर्मत, क्लवका सदस्य हरुको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवर्धन गर्न खर्च गरिने छ।
प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षकको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० को कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, आदर्श युवा क्लव रहेका छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला