पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लवले दोश्रो जित दर्ता गरेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत बिहीबार भएको खेलमा कास्कीले गण्डकी क्रिकेट क्लवलाई २६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । कास्कीका लागि विश्वास पराजुलीले ४१ ब्लमा ६७ रन र आदित्य थापाले १६ बलमा २७ रनको योगदान दिए ।
२०६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभर सकिँदा ३ विकेट गुमाएर केवल १७९ रनमा समेटियो । उत्कृष्ट शुरुवात गरेको गण्डकीकालागि ओपनिङ पार्टनर सुरज अधिकारी र भुवन भट्टराईले १३८ रनको विशाल साझेदारी गरेपनि हार टार्न सकेन् । सुरजले ४४ बलमा ६२ रन र भुवन भट्टराईले ४१ बलमा ५६ रन बनाए ।
बिहीबारको खेलमा विश्वास पराजुली प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत शुक्रबार पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लव र पोखरा क्रिकेट क्लव तथा दोश्रो खेलमा गण्डकी स्पोर्टस् क्लव र अरण्यज्योति क्रिकेट क्लव प्रतिस्पर्धामा उत्रिने छन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला