पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योति क्रिकेट क्लवले पहिलो जित दर्ता गरेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा अरण्यज्योतिले गण्डकी स्पोर्टस क्लवलाई ९५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । यसअघि उद्घाटन खेलमा अरण्यज्योतिले कास्की क्रिकेट क्लवसँग ७४ रनको पराजय बेहोरेको थियो ।
टस जितेर गण्डकी स्पोर्टस क्लवले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अरण्यज्योतिले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनाएको थियो । अरण्यज्योतिका लागि प्रिजन श्रेष्ठ ६५ बलमा ८३ रन र विधान श्रेष्ठले १७ बलमा ३१ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सिद्धान्त गिरीले २५ खर्चेर ३ विकेट हात पारे ।
१७० रनको मध्य स्तरको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले १३ ओभर अलआउट हुँदै ७६ रनमा समेटिएपछि अरण्यज्योतिले पहिलो जित हात पा¥यो । गण्डकीका सौरभ शर्माले २१ बलमा सर्बाधिक २३ रन बनाएपनि हार टार्न सकेनन् । अरण्यज्योतिका विधान श्रेष्ठले २९ रन खर्चेर गण्डकीको महत्वपूर्ण ३ विकेट र विट्टु बैठाले १७ रन खर्चेर २ विकेट हत्याउन सफल भए ।
शुक्रबारको खेलमा अरण्यज्योतिका प्रिजन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शनिबार माछापुच्छ«े क्रिकेट क्लव र राईजिङ क्रिकेट क्लव आमनेसामने हुनेछन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला