पोखरा । पोखरामा क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ, म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भई पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, म्याग्दीको बेनी नगरपालिका–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे र म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थायी ठेगाना भई पोखराको चाउथेमा बस्ने २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्।
पक्राउ परेका मध्ये रुपेन्द्र जिसी आइटी इन्जिनियरिङमा पीएचडी गर्दै छन् । उनी १० वर्ष अमेरिका बसेर एक महिना अघि मात्रै बिदामा आएका थिए । बानियाँको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको छ। केसी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छन्, घिमिरे ब्याचलर चौथो वर्षमा पढ्दै छन्, र कटुवाल एक कन्सल्टेन्सीका सञ्चालक हुन्। बानियाँ र घिमिरे रुपेन्द्रका फुपूका छोरा, केसी रुपेन्द्रको सानी आमाका छोरा र कटुवाल रुपेन्द्रको बहिनी ज्वाइँ रहेका छन्।
रुपेन्द्र जिसीको साढे तीन तल्ले घरबाट क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी जस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनीहरूले आफन्तको नाममा विभिन्न बैंक खाताहरू खोली कारोबार गरेको खुलेको छ। ह्वाट्सएप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत सञ्चालित जुवा खेलमा हालसम्म १५ करोड रुपैयाँ बराबरको ग्याम्बलिङ कारोबार र १५ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
उनीहरूले दैनिक तीन सिफ्टमा खेल सञ्चालन गर्ने, एक सिफ्टमा कम्तीमा ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूको साथबाट ३१ थान मोबाइल, २ वटा कम्प्युटर मोनिटर, ३ वटा सिपीयु, ४ वटा ल्यापटप, १ वटा आइप्याड, ४ वटा राउटर, ३ वटा पेनड्राइभ, २ वटा किवोर्ड, १ वटा माउस, १ वटा हार्डडिस्क, १ वटा मल्टिपल्क, ११ वटा चार्जर, १ वटा यूयसबी पोर्ट सहितको स्टेण्ड, १ वटा स्टेम्प छाप, नगद ७२ हजार रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको जनाएको छ।
पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?