काठमाडौँ। डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो ।
केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो । अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार प्रकाशनलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार अलायन्समा हाल डिजिटल सञ्चार माध्यममा सक्रिय मिडिया जोडिएका छन् । अन्य सञ्चारमाध्यमलाई अलाएन्समा जोड्दै लगिने छ ।
अलायन्सले डिजिटल मिडियाको हक हित र निष्पक्षताका लागि वकालत गर्ने अलायन्सका महासचिव युवराज कँडेलले बताउनुभयो । अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र गुणस्तर वृद्धिका साथै डिजिटल मिडियाको संरक्षण तथा सम्वद्र्धनमा भूमिका खेल्ने उहाँले बताउनुभयो ।
संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहनुभएको छ भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं हुनुहुन्छ । सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी हुनुहुन्छ ।
सम्बन्धित खबर
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
प्रधानमन्त्री बालेनको अपरिपक्व अभिव्यक्तिलाई परराष्ट्रमन्त्री खनालले संसदमा सच्याए
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
गृहमन्त्रीमा फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन् – दुई महिना फोटो खिच्न कोही नआउनुहोला
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु