पोखरा । प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता यहि चैत्र ३ गते देखि ५ गते सम्म पोखरामा हुने भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता हुन लागेको हो ।
गण्डकी प्रदेश ह्याण्डबल संघ स्थापनाको एक वर्ष भित्रै उक्त प्रतियोगिता हुने भएको जनाउँदै संघका अध्यक्ष केशव पाठकले सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको जानकारी दिए । “लामो समय पछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका खेलाडीहरुलाई समेत उत्साहित बनाउने विश्वास लिएका छौं,” उनले भने ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्ने छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला