पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ ।
महानगरपालिकाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा गुरुयोजना तयार भएको हो ।
पोखरा महानगरपालिकाका ४ क्षेत्रमा प्रशोधन केन्द्र नै निर्माण गरी फोहोर पानी प्रशोधनमार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रमार्फत प्रतिदिन १ लाख ३४ हजार घन मिटर पानी प्रशोधन हुनेछ ।
गुरुयोजना अनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीमा छुट्टाछुट्टै ढल प्रयोग हुने छन् । दुर्गम भूभागमा पानी संकलनका लागि विभिन्न स्थानमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यले ११ अर्ब लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘फोहोर पानी व्यवस्थापनबारे विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका चार स्थानमा प्वाइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढल सिधै खोलामा मिसिने गरेका छन् । अब यो योजना अनुसार फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ,’ उनले भने ।
दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेट्नलाई पनि यो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
निर्णायक क्षणमा प्रदीप ज्ञवालीले भने : ओली नेतृत्वको टिमलाई विजय गराऔँ, म त्यहीँ रहन्छु
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?