पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयूक्त बैठकले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता यहि चैत्र ३ देखि ५ गते सम्म पोखरामा आयोजना हुँदैछ । प्रतियोगिताको प्राविधिक सहयोग कास्की जिल्ला ह्याण्डबल संघले गर्नेछ ।
प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा बिहिबार बसेको बैठकमा दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेज बहादुर गुरूङको संयोजकत्वमा एक सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा मोहन रेग्मी, दिल बहादुर गुरूङ, हरिप्रसाद पराजुली, राम बहादुर गुरूङ, शेर बहादुर गुरूङ, रत्नमान गुरूङ, खिम बहादुर गुरूङ, श्रीकृष्ण अधिकारी रहेका छन् ।
त्यस्तै समारोह व्यवस्थापन समितिको संयोजका शान्ती थापा बैध, प्राविधिक समितिको संयोजकमा गोपाल थापा, स्वास्थ्य समितिको संयोजकमा विष्णुमाया गुरूङ, ट्रफी, पदक तथा प्रमाणपत्रमा गिरमान गुरूङ, आवाश व्यवस्थापनमा चित्र बहादुर थापा, स्वयंसेवक उपसमितिमा तिलक बहादुर अधिकारी, मैदान व्यवस्थापनमा रण बहादुर गुरूङ, आर्थिक समितिमा कृष्ण सिंह बस्नेत ९शान्त० रहेको गण्डकी प्रदेश ह्याण्डबल संघका महासचिब राजेन्द्र पहाडीले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित सबै प्रदेश र विभागिय टोलीको सहभागिता हुनेछ ।
प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु