पोखरा। प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिवल प्रतियोगिता, पोखरा १३ आर्वामा सुरु भएको छ ।
फागुन २९ देखी चैत दुई गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमले भाग लिएका छन् । प्रतियोगितामा विजेताले नगद ४० हजार तथा उपविजेताले २५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी आयोजक समितिका संयोजक रामप्रसाद बरालले जानकारी दिए ।
प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट डिफेन्स वेष्ट स्पाईकर तथा वेष्ट सेटरलाई पनि नगद , शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अमरज्योति आधारभुत विद्यालय पोखरा १३ आर्वाको खेलमैदानमा सञ्चालित भलिबल प्रतियोगितामा वडा नं. १३ लगायत छिमेकी वडा तथा गाउँ पालिकाहरूबाट खेलाडी समूहहरुले सहभागिता जनाएको खेल संयोजक अमृत परियारले बताए । टोल विकास संस्था सहित स्थानिय भलिबल खेलाडीहरुको संयुक्त पहलमा यस प्रकारको भलिबल प्रतियोगिता संभवतः आर्वामा पहिलो पटक आयोजना गरिएको हो ।
राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताबाट पुराना भलिवल खेलाडीलाई सम्मान हुने तथा नयाँ पुस्तालाई खेल प्रति उत्साह र आकर्षण जगाउने उद्देश्यले खेल सञ्चालन गरिएको खेल संयोजक श्रीराम अधिकारी बताउँछन् ।

स्थानिय संघ संस्था तथा बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुबाट आर्थिक सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गरिएको बताईन्छ । प्रतियोगिताबाट बचत रकम स्थानिय शिक्षा स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा खर्च गरिने प्रतियोगिताका आर्थिक संयोजक लक्ष्मण बरालले बताए ।
यसैबीच प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिका वडान १३ का वडा अध्यक्ष किरण बरालले गरेका थिए । सो अवसरमा वडा अध्यक्ष बरालले, यस प्रकारको खेल स्थानिय स्तरबाट आयोजना हुनु भनेको आफैंमा असाध्यै खुशीको कुरा हो भन्दै वडाबाट आगामी वर्षहरुमा आर्थिक सहयोग गर्दै खेलकुद प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले खेल क्षेत्रको विकाशमा आफु लागि परेको र खेलाडी उत्पादनमा पनि यस्ता प्रतियोगीताले ठूलो सघाउ पुऱ्याउने भनाई राखेका थिए ।
अमलाचौर चापडाँडा टोल विकाश संस्थाका अध्यक्ष ईन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पत्रकार श्रीराम सिग्देल, भूतपूर्व भलिबल खेलाडी दोजराज बराल, अमरज्योति आधारभुत विद्यालयका प्रअ बिमल बहादुर बराल, सूर्योदय आमा समुहकी अध्यक्ष तारादेबी बराल, नमुना प्राङ्गारिक कृषी सहकारीका अध्यक्ष टेकनाथ बराल, नागेश्वर महादेव मन्दिर व्यस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, नबदुर्गा युवा क्लबका अध्यक्ष मनोज बराल, आशिर्वाद क्लबका संस्थापक अध्यक्ष बिक्रम बराल तथा कार्यक्रम संयोजक देबेन्द्र बराल लगायतले भलिबल प्रतियोगिता सञ्चालन र यसको उदेश्य महत्व लगायतका विविध विषयमा आआफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा चर्चित गायक जेनिश क्षेत्रीले गीत प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला