पोखरा । दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत शुक्रबार सय मिटर खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता सञ्चालन भयो । ‘स्लो’ स्कुटर रेस प्रतियोगितामा लिला कुमारी चोचाङ्गी पुर्जा ४ मिनेट २ दशमलव १८ सेकेन्डमा दूरी पुरा गर्दै प्रथम भएको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए । उनले १९ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारिन् ।
यसैगरी ३ मिनेट २४ दशमलव ६८ सेकेन्डमा दूरी पुरा गर्दै सन्जु लामिछाने द्वितीय बनिन् । कुल ४२ जनाले भाग लिएकोमा नबौँ स्थानसम्म आउनलाई पुरस्कार प्रदान गरिएको छ । जस अनुसार माया बूढा तृतीय, मन कुमारी बूढा सान्त्वना भए । लुकु पुन, सुस्मिता लामिछाने, सिमा गुरुङ, मेघा गुरुङ र गीता विमली समेत उत्कृष्ट ९ जना भित्र परेर पुरस्कार जित्न सफल बने । शुक्रबारका खेल प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले शुभारम्भ गरेका थिए ।
शुक्रबार नै राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता समेत सञ्चालन भएको थियो । कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा आयोजक सूर्य तारा क्लब र दिदी बहिनी आमा समुह फाइनलमा पुगेका छन् । डोरी तान प्रतियोगिताको फाइनल शनिबार हुनेछ । डोरीतानमा प्रथम हुनेले ३३ हजार ३ सय ३३ र द्वितीय हुनेले २२ हजार २ सय २२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् । लालिगुराँस आमा समुह पोखरा ३० र बाग्लुङ समाज पोखरा २९ बीच तेस्रो हुने प्रतिस्पर्धा समेत शनिबार हुनेछ । तेस्रो हुने समुहले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
खेल महोत्सव अन्तरगत दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् । फुटबल तर्फको फाइनल खेल शनिबार दिउँसो १ बजे हुने सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए । पुनका अनुसार शनिबार नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा समापन समारोह हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खेल महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको थियो।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भैरहेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला