पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता भोली (आइतबार)बाट सुरू हुँदैछ ।
करिव तीन वर्षको अन्तरालमा राष्ट्रियतस्तरको ह्याण्डबल प्रतियोगता हुन लागेको हो ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।
आयोजक प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्यका अनुसार प्रतियोगिता भोली बिहान ९ बजे पोखरा रंगशालास्थित बहुउद्धेश्यिय रंगशालामा सुरू हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पहिलो दिन चार खेल हुने छन् । पहिलो दिन साढे २ बजे आयोजक र गण्डकीका बीच उद्घाटन खेल हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्ने तय भएको ह्याण्डबल संघका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए ।
प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो