स्याङ्जाको वालिङ् नगरपालिका – ९ मा रहेको वालिङ् बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज श्रेष्ठ विजयी भएका छन् भने सचिवमा अनेरास्ववियुकी बिना रेग्मी विजयी भएकी छन् ।
मंगलबार सम्पन्न मतगणनामा नेविसंघका निरज श्रेष्ठ ३७७ मतका साथ स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका विष्णु पङ्गेनीलाई पराजित गरेका थिए । पङ्गेनीले ३४२ मत प्राप्त गरेका थिए ।
अनेरास्ववियुबाट सचिवका उम्मेदवार बिना रेग्मीले नेविसंघबाट उम्मेदवार बनेकी ममता रेग्मीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । बिना ३६६ मतसहित निर्वाचित भएकी हुन् भने ममताले ३४२ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै, कोषाध्यक्षमा नेविसंघका विवेक कुँवरले अनेरास्ववियुका भुम बहादुर राना (किस्मत)लाई पराजित गर्दै विजयी भएका छन् । कुँवरले ४०६ र रानाले २९२ मत ल्याएका थिए ।
त्यस्तै, सदस्यमा नेविसंघका उम्मेदवार पुजा कोइराला ४०३, नम्रता पौडेल ३९५, पवित्रा विक ३९८, प्रवेश पौड्याल ४२२, दिपा कुमारी आले ३९३ र याम प्रसाद पङ्गेनी (सन्दिप) ४२४ मतसहित निर्वाचित भएका हुन् ।
अनेरास्ववियुबाट सदस्य पदका उम्मेदवार कविता रानाले ३०३, सफल लुइँटेलले ३१८, भीमप्रसाद डुम्रेले २९९, अमन परियारले २८१, सुरक्षा खत्रीले ३०४ र स्नेहा एसकेले २७८ मत ल्याएका थिए ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो ।
नौ सय ९४ मतदाता रहेको वालिङ् बहुमुखी क्याम्पसमा ७२८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’