मोबाइल प्रयोग नगर्ने सायदै छन् । महिलाका तुलनामा अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्छन् । महिलाले हाते ब्यागमै प्रायः बोक्छन् । आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । भारतको मध्यप्रदेशको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल पड्किदा एक युवकको अण्डकोष नै फुटेको छ ।
आजतकले उल्लेख गरेक अनुसार सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे । मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा बाटोमै उनको मोबाइल पड्कियो । मोटरसाइकलमा सवार उनी मोबाइल विस्फोट भएपछि अनियन्त्रित भएर लडे ।
गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्याए । प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरियो । उनको अण्डकोष फुट्नका साथै मोटरसाइकलबाट लडेर टाउकोमा चोटसमेत लागेको छ ।
अरविन्दकै दाजुका अनुसार अरविन्दले हालै एउटा पुरानो मोबाइल किनेका थिए । रातभर मोबाइल चार्ज गरेका उनले बिहानै तरकारी किन्न जाँदा मोबाइल खल्तीमा बोकेका थिए । तरकारी किनेर फर्किने बेला अचानक मोबाइल पड्किएर दुर्घटना भएको उनका दाजुको भनाइ छ ।
अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए ।
विशेषज्ञका अनुसार मोबाइल पुरानो भएसँगै ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस्ता दुर्घटना निम्तिन सक्छ ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’