पोखरा । पोखरामा भोलिदेखि चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो ।
इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा आजदेखि सुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईन लागेको अध्यक्ष पुनले बताए ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकाहरुसँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको उद्देश्य छ ।
प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । पोखरा महानगरपालिका क्रिकेट संघले नियमित क्रिकेट प्रतियोगिताका आयोजना गरेका कारण राष्ट्रिय स्तरको खेलाडीसमेत जन्माउन सफल भएको छ ।
पछिल्लो क्रममा यहिंबाट उत्पादन भएकी रचना चौधरी महिला यु–१९ विश्वकप २०२५ र नेपालको महिला राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्न सफल भएकी छन् भने पोखरा महानगरपालिका क्लब स्तरीय टी–२० क्रिकेट प्रतियोगिता २०८० बाट सिविन श्रेष्ठ र सोयल कुँवर पुरुष यु–१९ राष्ट्रिय टोलीको लागि छनौट भई राष्ट्रको प्रतिनिधित्व गर्ने स्तरमा पुगेको अध्यक्ष पुनले दाबी गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला