पोखरा । पोखरामा भोलिदेखि चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो ।
इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा आजदेखि सुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईन लागेको अध्यक्ष पुनले बताए ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकाहरुसँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको उद्देश्य छ ।
प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । पोखरा महानगरपालिका क्रिकेट संघले नियमित क्रिकेट प्रतियोगिताका आयोजना गरेका कारण राष्ट्रिय स्तरको खेलाडीसमेत जन्माउन सफल भएको छ ।
पछिल्लो क्रममा यहिंबाट उत्पादन भएकी रचना चौधरी महिला यु–१९ विश्वकप २०२५ र नेपालको महिला राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्न सफल भएकी छन् भने पोखरा महानगरपालिका क्लब स्तरीय टी–२० क्रिकेट प्रतियोगिता २०८० बाट सिविन श्रेष्ठ र सोयल कुँवर पुरुष यु–१९ राष्ट्रिय टोलीको लागि छनौट भई राष्ट्रको प्रतिनिधित्व गर्ने स्तरमा पुगेको अध्यक्ष पुनले दाबी गरे ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’